सुन तस्करी प्रकरण : सीआईबी र राजश्वले बुझ्न नमानेपछि रिहा भए रोहन अडुकिया

काठमाडौं । सुन तस्करी प्रकरणमा संलग्न भएको आशंकामा पक्राउ परेका व्यवसायी रोहन अडुकिया रिहा भएका छन्। शुक्रबार उनलाई दिल्लीबाट काठमाडौं आउँदै गर्दा अध्यागमनले नियन्त्रणमा लिएको थियो। उनी शनिबार बिहान ११ बजेतिर छुटेका हुन्। राजश्व अनुसन्धान विभागको सिफारिसमा अडुकियालाई एक सय किलो सुन तस्करी प्रकरणमा कालोसूचीमा राखिएको थियो।

अध्यागमनले नियन्त्रणमा लिएपछि शुक्रबार नै आन्तरिक राजश्व विभागलाई बुझ्नका लागि पत्राचार गरेको थियो। तर विभागले भने यो प्रकरणको सबै अनुसन्धान सीआईबीले गरिरहेको भन्दै बुझ्न मानेन। साँझ राजश्व अनुसन्धान विभागले सीआईबीलाई बुझाउन खोज्दा सीआईबीले यो प्रकरणमा उनको संलग्नता पुष्टि हुने आधार नभएको भन्दै बुझ्न मानेन।

दुवै निकायले बुझ्न नमानेपछि अध्यागमनले नै रातभर अडुकियालाई राखेको थियो। सीआईबी र राजश्वले बुझ्न नमान्दा शनिबार भने उनलाई छाडिएको छ। उनलाई अध्यागमनले बोलाएको बेला हाजिर हुने शर्तमा छाडिएको हो।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित