काठमाडौं । नेकपा एमालेले नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई पक्राउ गरेको विषयमा चासो व्यक्त गरेको छ । शुक्रबार प्रतिनिधि सभाका एमालेको तर्फबाट बोल्दै एमालेकी सांसद ज्वालाकुमारी साहले कांग्रेस सांसद शर्माको पक्राउप्रति आपत्ति जनाइन् ।
‘नेपाली कांग्रेसको माननीय सुनिल शर्माजीलाई जो सुन काण्ड प्रकरणमा भ्रष्टाचारीलाई पटक(पटक उच्चस्तरीय छानबिन आयोग गठन हुनुपर्छ भन्ने आवाज उठाइरहेको व्यक्तिलाई आज कुन हिसावबाट समातिएको छ ?’ उनले प्रश्न गरिन् ।
म्याद सकिइसकेको विषयमा बखेडा झिकेर शर्मालाइ पक्राउ गरिएको उनको आरोप छ । ‘यो कानुनले पनि मिल्दैन् । र उहिले नै म्याद सकिएको प्रमाणपत्रलाई अहिले बखेडा झिकेर जो समातिएको छ यसको घोर आपत्ति गर्न चाहन्छु,’ एमाले सांसद साहले भनेकी छन् ।
सांसद शर्मा बिहीबार पक्राउ परेका थिए । उनलाई नक्कली शैक्षिक प्रमाणपत्र लिएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ ।