राष्ट्रियसभामा प्रतिपक्ष र सत्तापक्ष सांसदको अवरोध, बैठक स्थगित

काठमाडौं । क्वीन्टल सुन प्रकरणमा उच्चस्तरी छानबिन समितिको माग गर्दै आएको नेकपा एमालेले आज पनि राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ। बैठकमा समसामयीक विषयमा सांसदहरूले आफ्नो भनाइ राखिसकेपछि एमाले सांसदहरू सिटबाट उठेर अवरोधमा उत्रिए।

राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले कार्यसूचीका कार्यक्रमलाई अघि बढाउन खोज्दा एमाले सांसदहरुले उठेर विरोध जनाएका थिए ।

एमाले सांसद डा.विमल राई पौडेल सुन तस्करी प्रकरणमा छानबिन समिति बनाउँदा भुइचालो नजाने टिप्पणी गरिन्। उनले सुन प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको भूमिका शंकास्पद रहेको आरोप लगाइन्। उनले गृहमन्त्रालयको नेतृ्त्वमाथि शंका उब्जिएपछि उमाथि अनुसन्धान हुन्छ किन हुँदैन भनेर प्रश्न समेत गरिन् ।

सीआईबीले जुन मन्त्रालयको अन्डरमा बसेर काम गरिरहेको छ जब शंका त्यो मन्त्रालयको नेतृत्वमाथि पुग्छ भने सीआईबीले अथवा नेपाल प्रहरीले वा राजश्व अनुसन्धानले त्यो मन्त्रालयको नेतृत्वलाई शंकाको घेरामा राखेर अनुस्नधान गर्ला तरु,उनले भनिन, हो यही प्रश्नको निराकरणका लागि उच्चस्तरीय छानबिन आवश्यक रहेको हाम्रो माग हो।

उनले सीआईबीले आशंकाको घेरामा परेका गृहमन्त्रीमाथि अनुसन्धान गर्छ किन गर्दैन यसबारे सरकारले स्पष्ट जवाफ दिनुपर्ने माग गरिन्।

उनको बोल्नेक्रम सकिएपछि एमाले सांसदहरू अवरोधमा उत्रिए । प्रतिपक्षका सांसदहरू विरोधमा उत्रिएपछि आफूहरुले पनि बोल्न पाउनुपर्ने र कार्यसूचीलाई अघि बढाउनुपर्ने भन्दै सत्तापक्षका सांसद पनि सिटबाट उठेर विरोधमा उत्रिए। दुवैतर्फका सांसदहरू उठेपछि अध्यक्ष तिमिल्सिनाले यसैगरी मिलाएर हाउस चलाउन सघाउन आग्रह गरे।

तर दुवैतर्फका सांसदहरूले बस्न नमानेपछि अध्यक्ष तिमिल्सिनाले सत्तापक्षको र प्रतिपक्षका सांसदहरू एकैसाथ उभिएकाले आजको कार्यसूचीलाई अगाडि बढाउन नसकिने बताए। सांसदहरू उठिरहेपछि अध्यक्ष तिमिल्सिनाले साउन ३१ गते बुधबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेको जानकारी गराए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित