विदेशमा ज्यान गुमाएका श्रमिकको परिवारलाई अबदेखि १० लाख दिइने

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा विदेशमा ज्यान गुमाएका श्रमिकका परिवारलाई १० लाख रुपैयाँ दिइने भएको छ।

श्रम, रोजगार तथा सुरक्षा मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी वैदेशिक रोजगार व्यवस्थापनका विषयमा जानकारी दिएको छ । पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव राजीव पोखरेलले वैदेशिक रोजगारलाई व्यवस्थित बनाउने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।

उनले वैदेशिक रोजगार बोर्ड मार्फत श्रमिकले पाउने सेवासुविधामा वृद्धि भएको बताए । “विदेशमा कामदारको मृत्यु भएकामा परिवारलाई दिने रकम १० लाख पुर्‍याइनेछ,” पोखरेलले भने।

यसअघि विदेशमा श्रमिकको ज्यान गुमाएका परिवारलाई सात लाख रुपैयाँ प्रदान गरिँदै आएको छ । त्यस्तै, वैदेशिक रोजगारीबाट फर्केर आउने श्रमिकको स्वास्थ्य परीक्षण गरिने, विभिन्न देशमा मनोसामाजिक परामर्श एवं स्वास्थ्य परीक्षण क्याम्प मार्फत सेवा प्रवाह गरिने, ठगी नियन्त्रणमा अधिकार प्रत्यायोजन, सामाजिक सुरक्षा कोषको सेवा विस्तार गरिने पोखरेलले बताए।

वैदेशिक रोजगारमा पठाउनुको विकल्प नभएकाले यसलाई व्यवस्थित गरिने मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले बताए।

वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालले वैदेशिक रोजगारीलाई व्यवस्थापन गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताए। “विभागले वैदेशिक रोजगारीमा नियमनकारीको भूमिका निर्वाह गरिरहेको छ। चेतनाको कमीबाट हुने ठगी र व्यावसायिक ठगीलाई नियन्त्रण गर्न लक्षित वर्गमा सचेतना गराउन जरुरी छ,” उनले भने।

मन्त्रालयले आगामी कार्यदिशामा तालीमयुक्त जनशक्ति निर्माण गर्ने, परामर्श सेवाप्रदायक संस्था लगायत व्यवसायी तथा व्यक्तिगत ठगी नियन्त्रण गर्ने, सेवा शुल्क, घरेलु कामदार, माग प्रमाणीकरण, सूचना सम्प्रेषणमा एकरूपता ल्याउने जनाएको छ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित