एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक पनि स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक पनि स्थगित भएको छ। प्रतिनिधिसभा बैठकमा अवरोध गरेको एमालेले राष्ट्रियसभा बैठक पनि नियमति कार्यसूचीमा प्रवेश गर्न दिएन। झण्डै डेढ घण्टा चलेको बैठकमा दलीय आधारमा सदस्यहरूले समसामयिक विषयमा धारण राखेका थिए। त्यसपछि नियमित कार्यसूचीमा प्रवेश गर्न खोज्दा एमाले सांसदहरूले उठेर विरोध जनाए।

अध्यक्ष गणेश तिमल्सिनाले विमला घिमिरेलाई बोल्न समय दिए। उनले बोल्ने क्रममा सत्तापक्षकै सांसदले राष्ट्रियसभामा गृहमन्त्री र अर्थमन्त्रीको संलग्नताबारे आशंका गरेको भनेपछि कांग्रेस सांसद रमेशजंग रायमाझीले नियमापत्ती गरे।

तर अध्यक्ष तिमल्सिनाले उनलाई आफ्नो पालोमा बोल्न रुलिङ गरे। एमाले सांसदले बोलिसकेपछि उठेर विरोध गरेकाले उनले बोल्न पाएनन्। एमालेले अवरोध जारी राखेपछि अध्यक्ष तिमल्सिनाले बैठक साउन २६ गते बिहान ११ बजेसम्मको लागि स्थगित गरे।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित