काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध संसदीय सुनुवाई समितिले उजुरी आह्वान गरेको छ । आज बुधवार गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै समितिले उजुरी आह्वान गरेको छ । उजुरीका लागि १० दिन समय दिइएको छ । प्रधानन्यायाधीशमा उनलाई नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एवं सबुत प्रमाणसहित १० दिनभित्र उजुरी दिन सकिने सूचनामा उल्लेख छ ।