रोल्पा बस दुर्घटना अपडेट : मृतक र घाइतेको पहिचान खुल्यो

रोल्पा । रोल्पाको बागमाराबाट दाङको घोराहीका लागि छुटेको बस दुर्घटनामा मृत्यु भएका र घाइतेको पहिचान खुलेको छ ।सहिदमार्गअन्तर्गत रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँस्थित रिचि गाउँको सडक खण्डमा मंगलबार मध्याह्न दुर्घटनाग्रस्त भएको बसमा एक महिलासहित ४ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने १९ जना घाइते भएका थिए ।

प्रहरीका अनुसार मंगलबार मध्याह्न सवा १ बजेतिर ना ५ ख २६१२ नम्बरको बस रिचि सडकबाट करिब १ सय ५० मिटर मुनि खोल्सोमा खसेर दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा परी घटनास्थलमा मृत्यु भएकामा रोल्पाको माडी गाउँपालिका निवासी २२ वर्षीय प्रकाश बाठा, माडी–४ का ५१ वर्षीय गोर्खे डाँगी र उनकी ५० वर्षीया श्रीमती हस्ता डाँगी र रोल्पाको परिवर्तन गाउँपालिका–३ का ४६ वर्षीय भक्त विक रहेका छन् । घाइते अवस्थामा भेटिएका बसका चालक दाङको घोराही उपमहानगर–१२ हापुरका २४ वर्षीय हुमराज बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घाइते हुनेहरुमा रोल्पाको माडी–६ का १४ वर्षीय नवीन बुढामगर, रोल्पा त्रिवेणी–७ छम्पासुनारीका ६२ वर्षीय कमानसिंह सुनार, रोल्पा नगरपालिका–६ दारबोटका २५ वर्षीय कमानसिंह घर्तीमगर, रोल्पा माडी–४ का ९ वर्षीय मिलन डाँगी, रोल्पा माडी–६ कोर्चाबाङका १५ वर्षीय मुकेश पुन, रोल्पा माडी–२ घर्तीगाउँका २० वर्षीय जितेश बाठा, रोल्पा माडी–७ का २३ वर्षीया हिमानी घर्तीमगर र उनको छोरा ११ महिनाको ओल्सन घर्तीमगर छन् ।

यसैगरी रोल्पा माडी–४ का २२ वर्षीया कबिता खड्का र उनका छोरा ५ वर्षीय युस खड्का, माडी–४ की २६ वर्षीया मीना डाँगी, रोल्पाको माडी–२ घर्तीगाउँकी २८ वर्षीया तिरपना बाठा, रोल्पाको परिवर्तन–३ की २४ वर्षीया खुम्बु बुढा, रोल्पापको त्रिबेणी–२ नुवागाउँकी १७ वर्षीया पूर्णिमा बुढा, रोल्पा त्रिवेणी–२ कै १३ वर्षीया सुस्मिता बुढा, रोल्पाको माडी–२ की ४० वर्षीया बिर्जना घर्तीमगर, रोल्पाको माडी–२ घर्तीगाउँका २४ वर्षीय कमल खड्का, रोल्पा नगरपालिका–६ दारबोटका २४ इन्द्रकुमार घर्तीमगर र दाङस्थित घोराही उपमहानगर–१२ हापुरका बसका चालक २४ वर्षीय हुमराज बस्नेत घाइते भएका छन् ।

प्रहरी नायब उपरीक्षक श्याम सारु मगरले दुर्घटनास्थलबाट मृतकको शव फेला पारिएको र घाइतेहरुलाई उद्धार गरेर अस्पतालमा पठाइएको बताए । स्थानीयका अनुसार तीव्र गतिमा गुडिरहेको बस चालकको नियन्त्रण बाहिर जाँदा दुर्गघटनामा परेको थियो । दाङतर्फ जाने बसमध्ये कुन अघि जाने भन्ने विषयमा अनावश्यक रुपमा बसका चालक बीचमा प्रतिस्पर्धा हुँदा बस दुर्गटनामा परेको थियो । दुर्घटनाअघि सहिद मार्गमा चल्ने ती बस बीचमा सधैंझै मंगलबार पनि घर्तीगाउँदेखि नै असामान्य प्रतिस्पर्धा भएको थियो । अघिल्लोलाई उछिन्ने क्रममा नियन्त्रण गुमाएपछि मंगलबार रोल्पामा बस दुर्घटना भएको थियो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित