सुन तस्करीका विषयमा प्रतिनिधिसभामा गृहमन्त्रीले जवाफ दिने

काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठक सञ्चालन हुने भएको छ । सुन तस्करीका विषयमा छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन नहुँदासम्म संसद् सञ्चालन हुन नदिने अडानसहित अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मंगलबार भने बैठक सञ्चालन गर्न दिने जनाएको छ ।

बैठकमा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणका विषयमा सम्बोधन गर्ने भएका छन् । यसअघि छानबिन समिति नबनेसम्म संसद् सञ्चालन गर्न नदिने अडानमा रहेको एमाले मंगलबार गृहमन्त्रीको जवाफ सुन्न तयार भएको हो ।

संसद्मा अवरोध खुलाउने विषयमा मंगलबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहालले बालुवाटारमा छलफल गरेका थिए । छलफलपछि एमाले प्रमुख सचेतक महेश बर्तौलाले मंगलबार ३ बजेका लागि तोकिएको प्रतिनिधिसभाको बैठक सञ्चालन गर्न दिने बताए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित