सभामुखसहित तीन दलका शीर्ष नेताहरूको बैठक जारी

काठमाडौं । प्रतिनिधिसभामा जारी अवरोध हटाउनेबारे सभामुखसहित प्रमुख ३ दलका शीर्ष नेताको बैठक बालुवाटारमा सुरू भएको छ । सोमवार सिंहदरबार र संसद् भवन बानेश्वरमा दुई चरणमा बसेको बैठकमा सहमति जुट्न नसकेपछि मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा पुनस् छलफल शुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली तथा तीनै दलका प्रमुख सचेतकहरू उपस्थित छन् ।

प्रमुख सचेतक तहको छलफलबाट संसद्को गतिरोध नहटेपछि शीर्ष नेताहरू नै दुई दिनदेखि छलफलमा जुटेका हुन् । त्रिभुवन विमानस्थल बाहिरबाट समातिएको झण्डै एक क्विन्टल सुन सम्बन्धमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमालेले साउन १० गतेदेखि संसद् बैठक अवरुद्ध गरेको छ ।

सरकारले भने राज्यका निकायबाट भइरहेको छानबिनलाई निष्कर्षमा पुग्न दिनुपर्ने बताउँदै आएको छ । प्रतिपक्षको मागमा सत्तापक्ष सहमत हुन नसक्दा संसदमा गतिरोध उत्पन्न भएको हो । एमालेको अवरोधका कारण पटक–पटक सूचनामार्फत स्थगित गरिएको प्रतिनिधिसभा बैठक मंगलवार दिउँसो ३ बजेका लागि राखिएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित