काठमाडौं । सदनको अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरसहित बसेको तीन दलको शीर्ष नेताको बैठक निष्कर्षविहीन भएको छ । सभामुख घिमिरेसहित प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र दलका सचेतकहरूबीच दुईपटक छलफल भएको थियो । पहिलो चरणमा दिउँसो १ बजे सिंहदरबारमा र दोस्रो चरणमा साढे ३ बजेपछि बसेको बैठक निष्पर्कविहीन भएको हो ।
सरकार र एमालेबीच सहमति नहुँदा प्रतिनिधिसभाको बैठक मंगलबार (भोलि) दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको छ । एमालेले करिब क्विन्टल सुन तस्करी प्रकरणको छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ । सरकार सहमत भएको छैन ।
आज सहमति नजुटेपछि भोलि बिहान १० बजे फेरि बालुवाटारमा बस्ने सभामुखको सचिवालयले जनाएको छ । बैठकपछि समामुख घिमिरले भोलि सहमति जुट्ने विश्वास गरेको उनको सचिवालयले जनाकारी दिएको छ ।