माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज सकिंदै

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज सकिंदै छ । यही साउन १७ गतेदेखि कमलादिस्थित प्रज्ञा प्रतिष्ठानमा जारी बैठक आज सक्ने माओवादीले तयारी गरेको चार दिनसम्म २२१ जना ले बैठकमा धारणा राखेका छन् । आज नभ्याउन बाँकी सदस्यको धारणा लिखितरुपमा लिने गरी आजै बैठक सक्ने तयारी भएको हो ।

आजको बैठकमा थप सदस्यहरूदले धारणा राखेपछि अध्यक्ष प्रचण्डले जवाफ दिने छन् । दिउँसो १ बजेसम्म बाँकी सदस्यहरूका लागि समय छुट्याइएको छ । त्यसपछि अध्यक्षले जवाफ दिने कार्यक्रम तय भएको छ ।

बैठकमा सहभागी सदस्यहरूले पार्टी रुपान्तरण, आर्थिक सुशासन, भ्रष्टाचार नियन्त्रण, युवा सहभागितालगायतका विषय उठाएका छन् । यसपटक पदाधिकारीहरूले नै केही असन्तुष्टिसमेत व्यक्त गरेका छन् । उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्माले आफूहरूलाई गुटको नेताको रुपमा छुट्याएर विकल्प खोजिएको भन्दै गुनासो गरेका छन्

बैठकमा केन्द्रीय समिति सदस्य, वैकल्पिक सदस्य, केन्द्रीय आयोग र प्रदेश पदाधिकारी गरी ७५८ जना सहभागी छन् । यसै बैठकबाट माओवादी ले २२ जना केन्द्रीय सदस्य थपेर महिलाको संख्या ३३ प्रतिशत पुर्‍याएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित