महिला विश्वकप : स्पेन पहिलोपटक क्वार्टरफाइनलमा

एजेन्सी । स्वीटजरल्याण्डमाथि शानदार जीत हासिल गर्दै स्पेन न्युजिल्याण्ड र अस्ट्रेलियामा जारी महिला विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । स्पेनले ५–१ गोलअन्तरले स्वीटजरल्याण्डलाई हराउँदै पहिलोपटक प्रतियोगिताको अन्तिम आठमा स्थान बनाउन सफल भएको हो ।

ऐटाना बोनमाटीले खेलको पाँचौँ मिनेटमा स्पेनलाई अग्रता दिलाएपनि ११ औँ मिनेटमा लाइया कोडिनाले आत्मघाती गोल गरेपछि स्वीटजरल्याण्ड खेलमा फर्किएको थियो । तर, त्यसपछि भने स्पेनले गोलको वर्षा गर्‍यो । १७ औँ मिनेटमा अल्बा रेडोन्डोले स्पेनलाई पुनः अग्रता दिलाइन् । ३६ औँ मिनेटमा बोनमाटीले खेलमा आफ्नो दोस्रो गोल गरिन् भने कोडिनाले आत्मघाती गोलको बदलामा अर्को गोल थप्दै टोलीको अग्रता फराकिलो बनाइन् ।

दोस्रो हाफमा जेनिफर हरमोसोले अर्को गोल थप्दै स्पेनलाई उत्कृष्ट जीत दिलाइन् । अब स्पेनले क्वार्टरफाइनलमा नेदरल्याण्ड्स र दक्षिण अफ्रिकाबीचको विजेताको सामना गर्नेछ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित