यी नदी तथा खोलामा आज बाढीको जोखिम, सतर्क हुन आग्रह

काठमाडौं । विभिन्न जिल्लाका नदी तथा खोलामा आज बाढीको सम्भावना रहेको छ । ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, संखुवासभा, सप्तरी, सिराहा, धनुषा, सर्लाही, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ भएर बहने नदी तथा खोलामा आज बाढीको सम्भावना रहेको छ ।

गोरखा, लमजुङ, कास्की, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, सल्यान, सुर्खेत, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर अछाम, डोटी, डडेलधुरा, बाजुरा, बझाङ, बैतडी, दार्चुला र आसपास भएर बहने केही नदीमा बहाव बढ्नसक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोसी र कर्णालीमा बिहानैदेखि वर्षा, यी हुन् दिउँसो भारी वर्षा हुने प्रदेश

आज र भोलि देशका प्रमुख नदीको जलसतह केही बढ्ने तर सतर्कता तहभन्दा तलै रहनेछ । सोमबारबाट जलसतह उल्लेख्य बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सोमबारदेखि तिनाउ, पश्चिम राप्ती, बबई र यसका केही साना सहायक नदी र चुरे, तराईका केही नदीमा जलसतह सतर्कता तहमा पुग्न सक्ने बताइएको छ । यी क्षेत्रका नदी तथा खोलाका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउनु पर्ने महाशाखाले जनाएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित