इमेज बचत तथा ऋण सहकारीका पीडित गृहमन्त्रालयमा

काठमाडौं । इमेज बचत तथा ऋण सहकारी पीडितहरुले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल गरेका छन् । प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेललगायतका प्रतिनिधिहरुले शुक्रबार गृहमन्त्री श्रेष्ठसँग छलफल गरेका हुन् ।

छलफलपछि गृहमन्त्री श्रेष्ठले बचतकर्ताको रकम हिनामिना गरेर फरार भएका सहकारीका अध्यक्षलगायतका पदाधिकारीलाई खोजतलास गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)लाई निर्देशन दिएका छन् ।

‘छफलफल सकरात्मक भयो, गृहमन्त्री नारायणकाजीले बचतकर्ताको रकम हिनामिना गरी फरार भएकाहरुको खोजविन गर्न  सीआइबीलाई निर्देशन दिनुएकाे छ’, प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले भने ।

करिब १५ सय बढी बचतकर्ताको २ अर्ब भन्दा बढी रकम हिनामिना गरी सहकारीका संस्थापक अध्यक्ष एवम् ढोरपाटन नगरपालिका मेयर देवकुमार नेपाली जेष्ठ ५ गतेदेखि फरार रहेका छन् ।

बचतकर्ताको उजुरीपछि सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी, कर्मचारी लालमति थापा, शक्ति किसान पक्राउ परी पुर्पक्षका लागि जेल चलान भएका छन् ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित