राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा साउन अन्तिम साता सार्वजनिक गर्ने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशनको तयारी भइरहेको जनाएको छ । गत वैशाख १६ गतेदेखि सुरु भएको कक्षा १२ को परीक्षाको नतिजा साउन अन्तिम सातातिर सार्वजनिक हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको हो ।

राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । ‘कक्षा १२ को परीक्षा सम्पन्न भएको ९० दिनभित्र परीक्षाको नतिजा आउँछ । यस वर्षको कक्षा १२ को परीक्षाको नतिजा अन्तिम सातातिर निकाल्ने गरी तयारी हुँदै छ,’ नियन्त्रक शर्माले भने । नतिजा कुनै आधारमा प्रकाशन गर्ने भन्ने यकिन भइनसकेको उनले बताए ।

उनका अनुसार गत वर्ष लेटर ग्रेडिङ २०७८ अनुसार नतिजा प्रकाशन गरेको थियो । तीन वर्ष वा सो भन्दा बढीमा नन ग्रेडेड (एनजी) आएका विद्यार्थीले अर्को वर्ष हुने परीक्षामा सबै विषयको परीक्षा दिनुपर्ने भन्ने थियो । तर, अन्तिममा आएर संशोधन गरिएको थियो । र जति विषयमा नन ग्रेडेड आएको थियो । त्यति विषयको मात्र परीक्षा दिने व्यवस्था गरिएको थियो ।

‘१ वा २ विषयमा एनजी आएका विद्यार्थीले तत्कालै हुने पूरक परीक्षामा सहभागी हुन पाउनेछन् । तीन विषय वा सो भन्दा बढीमा एनजी आएका विद्यार्थीले अर्को वर्ष परीक्षा दिनुपर्ने लेटर ग्रेडिङ निर्देशिकामा उल्लेख छ,’ नियन्त्रक शर्माले भने, ‘गत वर्ष संशोधनपछि तीन वा सो भन्दा बढी विषयमा एनजी आउने विद्यार्थीले अर्को जति विषयमा एनजी आएको सोही विषयको मात्र परीक्षा दिनुपर्नेछ ।’

कक्षा १२ को परीक्षामा देशभरबाट कूल चार लाख ६७ हजार ३८९ विद्यार्थी परीक्षामा समावेश भएका थिए । यस्तै, परीक्षाका लागि देशभर एक हजार ४५७ परीक्षा केन्द्र निर्धारण गरिएको थियो । यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित