रास्वपाले तोकियो पदाधिकारीका लागि शैक्षिक योग्यता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संगठनात्मक नेतृत्वमा सहभागी हुन आवश्यक न्यूनतम शैक्षिक योग्यता निर्धारण गरेको छ। रास्वपाले केन्द्रीय विभागका पदाधिकारी, सदस्य र प्रदेश समिति प्रमुखका लागि शैक्षिक योग्यता तोकेको हो।

रास्वपामा तोकिएका पदका लागि अनिवार्य स्नातकोत्तर उत्तीर्ण हुनुपर्नेछ। रास्वपाको बिहीबार बसेको केन्द्रीय समिति बैठकले तोकिएका पदका लागि स्नातकोत्तर उत्तीर्ण हुनुपर्ने वा सम्बन्धित विभागअनुसारको क्षेत्रमा कम्तीमा १० वर्ष अनुभव भएको योग्यता तोकेको महामन्त्री मुकुल ढकालले बताए।

प्रदेश समितिका पदाधिकारी र सदस्यका लागि स्नातक उत्तीर्ण हुनुपर्ने मापदण्ड बनाइएको उनको भनाइ छ। स्नातक उत्तीर्ण नभए सम्बन्धित विभागअनुसारको क्षेत्रमा ५ वर्षको अनुभव वा असाधारण क्षमता भएको हुनुपर्ने मापदण्ड बनेको ढकालले सुनाए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित