देशभर निर्माणकार्य ठप्प पार्ने व्यवसायीको चेतावनी

काठमाडौं । सरकारले निर्माण व्यवसायीका माग तत्काल सम्बोधन नगरे देशभर निर्माणकार्य ठप्प पार्ने चेतावनी दिइएको छ । शुक्रबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासअगाडि भेला भएर व्यवसायीले निर्माण उपकरणसहित प्रदर्शन गरेका हुन् ।

बजेट दिन नसकिने आयोजनाहरू खारेज नगरे निर्माण व्यवसायीको आन्दोलन थप चर्कने चेतावनी उनीहरूले दिए । नेपाली कांग्रेसका सांसद समेत रहेका पूर्णबहादुर तामाङले रक्षा मन्त्रालय नै ठेक्कापट्टामा लागेको आरोप लगाए । सरकारले निर्माण व्यवसायीका माग पूरा नगरे आफूले सांसद पद त्याग्ने उनले बताए ।

छिटो काम सम्पन्न गर्न सबै निर्माण व्यवसायी लाग्नुपर्नेमा उनले जोड दिए । उनले लामो ‘ग्याप’ गरेर भुक्तानी नरोक्न सरकारलाई आग्रह गरे । विरोध कार्यक्रममा महासंघका पूर्वअध्यक्ष जयराम लामिछानेले निर्माण व्यवसायी सरकारबाट नै ठगिइरहेको आरोप लगाए । सिंहदरबार, बालुवाटार, शीतलनिवास निर्माण व्यवसायीले नै बनाएको भन्दै उनले आफूहरूका माग पूरा गर्न आग्रह गरे ।

महासंघका अध्यक्ष रवि सिंहले आन्दोलन गर्नुपूर्व धेरैपटक प्रधानमन्त्रीको ध्यानाकर्षण गराए पनि माग सुनुवाइ नभएको गुनासो गरे ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित