माओवादी केन्द्रीय समिति बैठक सुरू

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक सुरू भएको छ । राजधानीको प्रज्ञाभवन कमलादीमा बैठक सुरु भएको हो । बुधबारदेखि जारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीति र संगठनात्मक प्रतिवेदनमाथि अहिलेसम्म ७४ जना केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राखिसकेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

बैठकमा नेतृत्वको कार्यशैली, नीति, विधान सम्मेलन, कार्यदिशा, कार्यक्रम र समसामयिक राजनीति अवस्थाबारे केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राखेका छन् । अधिकांश सदस्यहरूले पार्टी बनाउनका लागि पहिला नेतृत्व सच्चिनुपर्ने विचार व्यक्त गरेका छन् ।

५ दिनसम्म सञ्चालन हुने बैठक प्रत्येक दिन बिहान ११ बजेदेखि ६ बजेसम्म बस्नेछ । आजको बैठकमा बोल्नका लागि १०० जना बढीले नाम टिपाएको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । उनकाअनुसार बोल्न चाहने सदस्यहरू सबैलाई बोल्न समय दिइनेछ । केन्द्रीय सदस्यहरूले बोल्नेक्रम सकिएपछि अध्यक्ष प्रचण्डले उठेका प्रश्नको जवाफ दिनेछन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित