यी जिल्लाका नदीमा आज बाढीको जोखिम,सतर्क रहन विभागको आग्रह

काठमाडौं । विभिन्न भू–भागमा वर्षाको सम्भावना रहेकाले आज केही जिल्लामा बाढीको जोखिम रहेको छ । ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, अछाम, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर, बैतडी, दार्चुला र आसपास भएर बहने नदी तथा खोलामा बहाव बढ्न क्ने पूर्वानुमान रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज र भोलि देशका अधिकांश नदीहरूको बहाव सामान्य अवस्थामा रहने महाशाखाले जनाएको छ । साउन २१ गतेदेखि देशका अधिकांश नदीहरूको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान रहेको छ । २१ गते (आइतबार) देखि नदी तटीय क्षेत्रमा बस्नेले सतर्कता अपनाउनु पर्नेमा महाशाखाको जोड छ ।

हाल नेपालमा मनसुनी वायुको प्रभावका साथै उत्तरी छत्तीसगढ आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित