२४ उपसचिव र ११ शाखा अधिकृतहरुको सरुवा (नामावलीसहित)

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ जना उपसचिव र ११ जना शाखा अधिकृतहरुको सरुवा गरेको छ । काठमाडौंमा लामो समयदेखि बस्दै आएका ती कर्मचारीहरुलाई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइएको छ ।

यो सरुवासँगै निमित्तका भरमा चल्दै आएका मधेश प्रदेशका सबै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाएको मन्त्री अमनलाल मोदीको भनाइ छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव वेदराज फुयाँललाई नगराइन नगरपालिका धनुषाको प्रमुख प्रशासकीय अधिकृत बनाएर सरुवा गरिएको छ ।

धनुषाकै विदेह नगरपालिकामा भूमि व्यवस्था, सहकारी तथा गरिवि निवारण मन्त्रालयका काजीबहादुर विष्टलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा गरिएको छ । भूमि व्यवस्था मन्त्रालयकै देवीबहादुर भण्डारीलाई मिथिला बिहारी नगरपालिका धनुषामा, अनन्त कुमार बस्नेतलाई बरहथवा नगरपालिका सर्लाहीमा र योगेन्द्र दुलाललाई कटहरिया नगरपालिका रौतहटमा सरुवा गरिएको छ ।

राष्ट्रिय योजना आयोगका डा.नारायण पौडेललाई गोलबजार नगरपालिका सिरहामा र प्रधानमन्त्री कार्यालयका ज्ञानहरि घिमिरेलाई धनुषा नगरपालिका धनुषामा सरुवा गरिएको छ । लोक सेवा आयोगका एकनारायण शर्मालाई गढीमाई नगरपालिका रौतहट, केशव शर्मालाई रामगोपाल नगरपालिका महोत्तरी, उमेश कुमार पोखरेललाई मनरासिसवा नगरपालिका महोत्तरी, देवीप्रसाद सुवेदीलाई बोदेबरसाइन नगरपालिका सप्तरी र हिमलाल भण्डारीलाई पचरौता नगरपालिका बारामा सरुवा भएको छ ।

हेर्नुहोस् सरुवा भएका उपसचिव र शाखा अधिकृतहरुको नामावली :

1 1 https://newskhari.com/storage/2023/02/general-and-sanghiya-ministry_U9MEBwO2rz.jpg 2 1 https://newskhari.com/storage/2023/02/general-and-sanghiya-ministry_U9MEBwO2rz.jpg 3 1 https://newskhari.com/storage/2023/02/general-and-sanghiya-ministry_U9MEBwO2rz.jpg

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित