गुल्मीमा भीरबाट लडेर एक महिलाको मृत्यु

गुल्मी । गुल्मीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। घाँस काट्ने क्रममा भीरबाट लडेर महिलाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार मुसिकोट नगरपालिका–४ डाँडाथोक बस्ने ३६ वर्षीया फुलकुमारी नेपालीको मृत्यु भएको हो।

नेपाली आफ्ना छोरीहरूसँग स्थानीय ढुङ्गेठाँटी हर्लेखानी सामुदायिक वनमा घाँस काट्न गएकी थिइन्। करिब दुई सय मिटर तल खसेकी नेपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।

घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठको नेतृत्वमा पाँच जनाको टोली घटनास्थलतर्फ गएको जनाइएको छ। मृतकको शव घाँस काट्न गएका स्थानीय महिला मिलेर घरमा ल्याई राखिएको छ। घटनासम्बन्धी थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ। यो घटना बिहान ९ बजे भएको हो।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित