दुई बालिकामाथि करणी प्रयासको आरोपमा एक युवा पक्राउ

रुपन्देही । दुई बालिकामाथि एकैरात करणी प्रयास गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय पाल्पाले एक युवालाई नियन्त्रणमा लिएको छ । तानसेन नगरपालिका वडा नं ४ पाँडेखर्क बस्ने २२ वर्षीय विशाल ठडराईलाई यो विषयमा अनुसन्धानका लागि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

ठडराईले गएको आइतबार रातिको समयमा अन्दाजी करिब ९ बजे तानसेन बस्ने ११ वर्षीया बालिकालाई जवर्जस्ती करणीको प्रयास गरेका थिए भने सोही राती तानसेनकै १३ वर्षीया बालिकालाई रातको करिब १ बजेको समयमा करणी प्रयास गरेका थिए ।

पीडितको जाहेरीको आधारमा आरोपित युवालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी दिए । ‘पीडितको पक्षबाट जाहेरी आएपछि हामीले अनुसन्धानको लागि आरोपितलाई ल्याएका छौं, अनुसन्धानबाट घटना के कसरी भएको हो भन्ने खुल्नेछ’ थापाले बताए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित