काठमाडौं । बिहिबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला २ सय रुपियाँ र चाँदी प्रतितोला ३५ रुपियाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार २ सय रुपियाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ६ सय ५० रुपियाँमा कारोबार भइरहेको छ ।
