माओवादी पार्टी जस्तो भइराखेको छैन : अध्यक्ष दाहाल

काठमाडौं । काठमाडौंमा बुधबार शुरू भएको माओवादी केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पार्टी पुनःनिर्माणमा जुट्नुपर्ने बताए। “हामीसँग नेता कार्यकर्ताको विशाल पङ्क्ति त छ, तर पार्टी चाहिँ पार्टीजस्तो भइराखेको छैन,” दाहालले भने।

त्यसैले केन्द्रीय समितिको बैठकबाट कम्युनिस्ट पार्टी पुनःनिर्माणको अभियान थाल्नुपर्ने उनको भनाइ थियो। “हामीले कम्युनिस्ट पार्टीको पुनःनिर्माणको अभियान यो बैठकबाट थाल्नुछ,” दाहालले भने, “मलाई विश्वास छ, केन्द्रीय समितिका सबैले गम्भीरताका साथ, जिम्मेवारीका साथ  र अनुशासित रुपले रचनात्मक बहस, छलफल गरी पार्टी पुनःनिर्माणको अभियानको ऐतिहासिक थालनी गर्न सहयोग पुर्‍याउनु हुनेछ भन्ने विश्वास व्यक्त गर्दछु।”

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुरू भएको बैठकको प्रारम्भमा अध्यक्ष सरकारले थालेको सुशासनको अभियानबाट जनतामा आशाको सञ्चार भएको बताए।

बैठकमा दाहालले राजनीतिक र साङ्गठिनक प्रतिवेदन पेश गर्ने कार्यसूची तय भएको माओवादीका केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले बताए। माओवादीले राजनीतिक र साङ्गठनिक प्रस्ताव तयार पार्न उपसमिति गठन गरेको थियो।उपसमितिले तयार पारेको प्रतिवेदनलाई अध्यक्ष दाहालले अन्तिम रूप दिएका छन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित