बन्दुक प्रहार गरी श्रीमतीको हत्या

दमौली । तनहुँमा १ व्यक्तिले गोली हानी श्रीमतीको हत्या गरेका छन्। तनहुँको ब्यास नगरपालिका–५ मानुङका ५६ वर्षीया श्रीप्रसाद आलेले भरुवा बन्दुकबाट गोली श्रीमती ४७ वर्षीया गीता आलेको हत्या गरेका हुन्। प्रहरीका अनुसार श्रीप्रसादले मंगलबार राति करिब ११ बजेतिर श्रीमती गीतामाथि भरुवा वन्दुकबाट गोली हानेका थिए। गोली लागेर गम्भीर घाइते भएकी गीतालाई स्थानीयको सहयोगमा उद्धार गरी उपचारका लागि दमौली अस्पताल पुर्‍याइएको थियो।

गीताको उपचारका क्रममा मंगलबार राति नै दमौली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनबहादुर खाणले जानकारी दिए। श्रीमतीमाथि गोली प्रहार गर्ने श्रीप्रसादलाई प्रहरीले मंगलबार राति नै नियन्त्रणमा लिएको थियो। पक्राउ परेका श्रीप्रसादले घरायसी विवादका कारण झगडा हुँदा आवेशमा आएर गोली चलाएको बयान दिएका छन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित