आज माओवादी केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बुधबार बस्दैछ। बैठक आज बिहान ११ बजे प्रज्ञा प्रतिष्ठानमा बस्न लागेको हो। केन्द्रीय समिति बैठकअघि स्थायी समिति बैठक ८ बजे बस्दैछ। पार्टी मुख्यालयमा बस्ने स्थायी समितिको बैठकले केन्द्रीय समितिको बैठकमा पेस हुने राजनीतिक तथा सांगठानिक प्रतिवेदनलाई ‘फाइनल’ गर्नेछ।

केन्द्रीय समितिको बैठकमा महासचिव देव गुरुङले एजेन्डा प्रस्तुत गरेपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यतालिका छ। केही दिनअघि नेपाली कांग्रेसले केन्द्रीय समिति बैठकको सिको गर्दै माओवादीले पनि बैठक लाइभ गर्ने भएको छ। बैठक लाइभ गर्ने निर्णयप्रति केही नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन्।

यसअघि भनिएको २९९ केन्द्रीय समिति विपरीत मा‌ओवादीमा कुल ३८५ केन्द्रीय सदस्य रहेको पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले बताए। केन्द्रीय समिति बैठकमा ३८५ जना केन्द्रीय सदस्य, १९८ जना वैकल्पिक केन्द्रीय सदस्य, ७५ जना आयोगका सदस्यहरू र १०० जना प्रदेश पदाधिकारीहरू सहभागी हुँदैछन्। कुल ७५८ जना माओवादी नेताहरू बैठकमा सहभागी हुनेछन्।

बैठकमा सबै केन्द्रीय सदस्यलाई बोल्नका लागि ५ /५ मिनेटको समय दिइनेछ। माओवादीले मंगलबार सबै केन्द्रीय सदस्यहरूलाई परिचयपत्र वितरण गरिसकेको छ। २०७९ सालको असारमा पहिलोपटक माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बसेको थियो।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित