प्रेमिकाको गोप्य फोटो र भिडियो पोर्नसाइटमा हाल्ने युवक मलेसियाबाट पक्राउ

काठमाडौं । प्रेमिकाको गोप्य फोटो, भिडियो सामाजिक सञ्जाल तथा पोर्नसाइटमा राख्ने युवकलाई नेपाल प्रहरीले मलेसियाबाट पक्राउ गरी नेपाल ल्याएको छ ।

इन्टरपोलबाट रेड नोटिस जारी भएका म्याग्दीको अर्मन स्थायी ठेगाना भएका २७ वर्षीय प्रकाश विकलाई मलेसियाबाट सोमबार नेपाल फिर्ता ल्याइएको हो।

उनले पीडितसँग चिनजान गरी प्रेम सम्बन्धमा रहेका बखत विभिन्न वहानामा नग्न हुन बाध्य बनाई रेकर्ड गरेका नग्न भिडियो तथा फोटाहरू सामाजिक सञ्जाल फेसबुकमा अपलोड गर्ने गरेका थिए । साथै प्रेमिकाका आफन्तलाई पठाइदिने तथा पीडितले आफ्नो फेसबुक एकाउन्ट डिएक्टिभ गरेपछि उनको नाममा फेक एकाउन्ट बनाई ती सामग्री पोर्नसाइटमा समेत अपलोड गरी चरित्र हत्या गरेको सम्बन्धी साइबर अपराध मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति जारी भएको थियो।

अभियुक्तलाई नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले इन्टरपोल मलेसियासँग समन्वय गरी नेपाल ल्याएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको हो ।

अभियुक्त विक वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा थिए। साइबर ब्युरो भोटाहिटीबाट अनुरोध प्राप्त भएबमोजिम विकविरुद्ध अन्तर्राष्ट्रियस्तरमा खोजतलासका लागि नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको अनुरोधमा २४ माघ ०७८ मा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी गरिएको थियो।

उनलाई आवश्यक कानुनी कारबाहीका लागि साइबर ब्युरो भोटाहिटीमा बुझाइएको इन्टरपोल शाखाले जनाएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित