लालबहादुर विकलाई उच्च अदालतले दियो सफाइ

काठमाडौं । साहुको फन्दामा फसेका मजदुरलाई उच्च अदालत विराटनगरले सफाइ दिएको छ। सुनसरीको इटहरी उपमहानगरपालिका -२० तरहराका गोपाल भन्ने लालबहादुर विश्वकर्माले पूर्ण सफाइ पाएको उच्च अदालत विराटनगरका सूचना अधिकारी निधीराम दाहालले जानकारी दिए।

उच्च अदालतको फैसला भने तयार भइसकेको छैन। मंगलबार उच्च अदालतका न्यायाधीश बिपुल न्यौपाने र मिलनकुमार राईको संयुक्त इजलासले लालबहादुरलाई सफाइ दिएसँगै अन्यको भने तिर्नु पर्ने बिगो बढेको छ। अरु अभियुक्तको हकमा कैद र जरिवाना जिल्लाकै सदर भएको छ।

लालबहादुरलाई जिल्ला अदालत सुनसरीले गत पुसमा डेढ वर्ष कैद, ७० हजार रुपैयाँ जरिवाना र झण्डै तीन करोड रुपैयाँ बिगो भराउने फैसला गरेको छ।

जिल्ला अदालतको फैसलाले उनलाई अन्याय भएको भन्दै चौतर्फी आलोचना भएको थियो। जाहेरवालाले समेत लालबहादुरलाई साहुले फसाएको र उनी निर्दोष रहेको बयान दिएका थिए।

पुर्पक्षका लागि धरौटीमा रिहा गरेको जिल्ला अदालतले फैसला गर्दा भने साहुलाई जति नै बिगो कायम गरेको थियो।

त्यसविरुद्ध लालबहादुरले उच्च अदालतमा अपिल गरेका थिए। मंगलबार उच्चमा सुनुवाइ हुँदा प्रतिनिधिसभाकी सदस्य सोविता गौतमसहितका कानुन व्यवसायीहरुले लालबहादुरको पक्षमा निःशुल्क बहस गरेका थिए।

करोडौँ ठगीको आरोप लगाइ दर्ता भएको मुद्दा सुनसरी जिल्ला अदालतले चार वर्षपछि गत पुसमा टुंगो लगाएको थियो। जिल्ला न्यायाधीश निर्मला योङयाको फैसलाले २७५ जना पीडितले न्याय पाउने बाटो खोल्यो।

तर, त्यही फैसलाले इटहरी उपमहानगरपालिका २० तरहराका गोपाल भन्ने लालबहादुर विश्कर्मालाई भने ठूलो अन्याय गर्‍यो।

सुनपसलका सामान्य मजदुर लालबहादुर फैसलापछि सुनसरीको झुम्का कारागारमा कैद भुक्तान गरिरहेका छन्। अदालतले तोकेको ३ करोड बढी बिगो तिर्न सक्ने अवस्था लालबहादुरको छैन।

यसअघि मुद्दाको पुर्पक्षका क्रममा ३० वर्षीय लालबहादुरलाई २ लाख रुपैयाँ धरौटीमा छाडिएको थियो।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित