शरणार्थी प्रकरण : बालकृष्ण खाँणलगायतका नेताका सम्बन्धमा अदालतले माग्यो कैफियत प्रतिवेदन

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका काँग्रेसका नेता बालकृष्ण खाँण, एमालेका नेता टोप बहादुर रायमाझी लगायतको सम्बन्धमा उच्च अदालतले कैफियत प्रतिवेदन माग गरेको छ । उच्च अदालत पाटनले काठमाडौँ जिल्ला अदालतसँग उनीहरूको सम्बन्धमा कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको हो ।

आफूहरूलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने काठमाडौँ जिल्ला अदालतको आदेश बेरितको भएको भन्दै कांग्रेस नेता बालकृष्ण खाँण, एमालेका सचिव टोपबहादुर रायमाझी, शरणार्थी नेता टेकनाथ रिजाल लगायतका व्यक्तिहरू उच्च अदालत पाटनमा निवेदन लिएर पुगेका थिए । उच्च अदालत पाटनले उनीहरूको हकमा कैफियत प्रतिवेदन माग गरेको उच्च अदालत पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेलले बताए ।

कट्टेलका अनुसार उनीहरूलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्नुपर्नाको कारण के हो भनी काठमाडौँ जिल्ला अदालतबाट कैफियत प्रतिवेदन माग गरिएको छ । आगामी बिहीबारसम्म कैफियत प्रतिवेदन आइपुग्ने र अर्को बिहीबारसम्म पेसी तोकिने कट्टेलले बताए ।

निवेदनमा खाँण लगायतका नेताहरूले प्रमाणको मूल्याङ्कन नगरिएको र मुद्दाको विषयवस्तु नै नबुझी थुनामा पठाएको भन्दै थुनामा पठाउने काठमाडौँ जिल्ला अदालतको आदेश बदर गरी साधारण तारेखमै मुद्दाको पुर्पक्ष गर्न पाउनुपर्ने माग गरेका छन् । यसअघि नै निवेदन दिएका अन्य थुनुवाहरूको हकमा उच्च अदालतमा कैफियत प्रतिवेदन आइसकेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित