यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन विभागको आग्रह

काठमाडौं । आज कोशी, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । अन्य क्षेत्रमा भने हल्कादेखि मध्यम वर्षाको अनुमान रहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन । उनका अनुसार अहिले मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदरभन्दा उत्तरतर्फ र पूर्वतिर सरदर स्थानबाट माथि सर्ने क्रममा रहेको छ ।

मनसुनको रेखा सरदर स्थानभन्दा माथि सरे पानी धेरै पर्ने उनले बताइन । केही दिनयता लगातारजसो पानी परिरहेकाले बाढी पहिरोको जोखिम बढेको छ । पानी परेका क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।गएराति काठमाण्डौ उपत्यकासहित बाग्मती, कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी परेको थियो । सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा बाढीको जोखिम भएकाले मेलम्ची बजारलगायत तल्लो तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित