दमकका प्रमुख प्रशासकीय अधिकृत निरौलालाई २४ घण्टाभित्र मन्त्रालयमा हाजिर हुन निर्देशन

काठमाडौं । दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ घन्टाभित्र हाजिर हुन निर्देशन दिएको छ ।

सोमबार लिखित निर्देशन पठाउँदै २४ घण्टाभित्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको सचिवालयले जनाएको छ ।

गत शनिबार सरकारी क्वार्टरमा महिलासँगको अश्लील गतिविधि गरेको भिडियो बाहिरिएपछि उनी विवादमा आएका थिए । दमक नगरपालिकाका कर्मचारीहरुले आज विवादित निरौलालाई कार्यालय प्रवेशमा रोक समेत लगाएको छ ।

मदिराको नशामा एक महिलासँग अश्लील गतिविधि गर्दै गरेको टिकटक लाइभबाट सार्वजनिक भएपछि निरौलाले क्वार्टरमा आइतबार बिहानै रङरोगन गर्न समेत लगाएका थिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित