अरूलाई सुरक्षा दिने उज्वल जसले आफैलाई जोगाउन सकेनन्

बलेवा । यही साउन ८ गते प्रहरी चौकी भिमगिठेको कार्यक्षेत्रमा पर्ने बडिगाड खोलामा ढुङ्गागिट्टी अवैध बालुवाको उत्खनन् भइरहेको खबर प्रहरी चौकीमा आयो।

उक्त सूचनाका आधारमा चौकी इञ्चार्जसमेत रहेका वरिष्ठ प्रहरी नायब निरीक्षक उज्वल पौडेल केही प्रहरी जवानसहित खोलातर्फ लागेका थिए।

खोलामा अवैध उत्खनन् भइरहेको सूचना भने गलत निस्कियो। यद्यपि गाउँपालिकाले केही दिन पहिला प्रहरीलाई पत्राचार गरी खोला किनारको कडा निगरानीका लागि आग्रह गरेको थियो। सोही दिन गाउँपालिकाले सामाजिक सुरक्षावापतको भत्ता वितरण गर्दै थियो।

गाउँपालिकाकै दुर्गम ठाउँ वडा नं १० को दर्लिङमा बैंकसँगको सहकार्यमा गाउँमै भत्ता वितरण हुँदै थियो। ठूलो परिमाणमा नगदसहित गाउँ पुगेका बैंक र गाउँपालिकाका कर्मचारीलाई सुरक्षा दिने जिम्मेवारी पनि भिमगिठे प्रहरी चौकीकै थियो।

खोला किनारबाट फर्किएपछि पौडेलले सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको ठाउँमा प्रहरी जवान खटाए। भत्ता वितरणको काम साँझ पाँच बजेतिर सकियो। चौकीमा आकस्मिक काम भने चलिरहेकै थिए तर औपचारिक काम सकिएपनि भने जिम्मेवारी हल्का भएको थियो।

नयाँ आर्थिक वर्ष सुरु भएकाले गाउँपालिकाले कुनै पनि नदी तथा खोला किनार र बगरको ढुङ्गागिट्टी बालुवा ठेक्कामा लगाएको छैन। त्यसै पनि हरेक वर्ष जेठको १५ देखि असोजको १ गतेसम्म खोला तथा नदी किनारको उत्खनन् गर्न नपाइने व्यवस्था छ।

त्यही कानुनी व्यवस्था कार्यान्वयन गर्दै प्रकृति जोगाउन खोला चाहरेको वरिष्ठ प्रहरी नायब निरीक्षक पौडेलको टोली नागरिकलाई सामाजिक सुरक्षा वितरणमा खटिएको थियो।

दिनभरी प्रकृति र नागरीकको सुरक्षामा खटिए पौडेलले रात परेपछि आफ्नै प्राण भने जोगाउन सकेनन्। साउन ८ गते बागलुङको बढीगाड गाउँपालिका–६ मा रहेको आशा होटलको तल्लो तलामा उनको दुःखद निधन भयो।

‘उहाँ बालबालिका, युवादेखि वृद्धवृद्धा सबैसँग मिलनसार व्यवहार गर्नुहुन्थ्यो,’ भीमगिठेका युवा दिनेश शर्माले भने, ‘उहाँको मृत्युको खबरले त्यो दिन खाल बजार भरिभराउ भएको थियो, सबैको मन अशान्त देखिन्थ्यो।’

आशा होटलमा उनी पहिलो पटक गएका थिएनन्। प्रायः औपचारिक काम सकिएपछि उनी खाजा खानका लागि त्यहाँ पुग्ने गरेको स्थानीयवासी बताउँछन्। सधैँ भोक मेट्ने होटलमा नै उनको देहलिला मेटियो। ‘काममा निकै इमान्दार हुनुहुन्थ्यो, तर मैले राम्रोसँग भने संगत गरिन’ बडिगाड गाउँपालिकाका उपाध्यक्ष भीमसेन वनले पौडेललाई सम्झँदै भने।

पक्राउ परेका होटल सञ्चालक आशा कुँवर तथा उनका छोरा विमल कुँवरको बयानको आधारमा हत्या भएको भन्न सकिने प्रमाण भेटिएको प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्का बताउँछन् । यद्यपि हत्याको कारण भने खुलेको छैन ।

“सामान्य विवादपछि टाउकोमा प्रहार गरेको, ढलेपछि छातिमा लात्तिले हानेको र पर्दाले घाँटी थिचेर मारेको देखिन्छ”, प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

हत्यापछि समेत आरोपीले निकै चलाखीपूर्ण तरिकाले सुनको सिक्री लुकाउने वडाध्यक्षलाई खबर गर्ने र आफै मृत्यु भएको बनाउने प्रयत्न गरेको एक प्रहरी अधिकृतले बताए। उनको शवको परीक्षणका लागि गण्डकी अस्पताल पोखरामा गरिएको थियो।

‘शव परीक्षणको रिपोर्ट दुई हप्तामा आउँछ, त्यति बेलासम्म अनुसन्धानका अन्य पाटाबाट पनि धेरै खुल्ने छ,’ प्रहरी निरीक्षक राजाराम खड्काले भने, ‘हत्या किन गरियो भन्ने विषय खोजीको विषय हो।’

पर्वतको कुश्मा नगरपालिका–९ स्थायी घर भएका पौडेलको श्रीमती र बच्चा काठमाडौँमा बस्दै आएका छन्। पौडेलको मृत्युपछि परिवार शोकमा डुबेको छ।

केही समय राष्ट्रियसभा अध्यक्षको सुरक्षामासमेत खटिएका पौडेल केही समय अघि मात्रै बागलुङ फर्किएका थिए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित