नियोजित चलखेलका रूपमा मेरो नाम दावासँग मुछ्ने प्रयास भयो : वर्षमान पुन

काठमाडौं । सत्तारूढ नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले सरकारले सञ्चालन गरेको भ्रष्टाचार र अनियमितता विरोधी अभियानलाई अन्यत्रै मोड्न नियोजित चलखेलका रूपमा आफ्नो नाम दावासँग मुछ्ने प्रयास भएको गुनासो पोखेका छन् ।

उनले सुन तस्करीको विषयमा छानबिन गर्न संसदीय वा न्यायिक समिति बनाउन प्रस्ताव गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज (सोमबार) बिहान बसेको पार्टीको पदाधिकारी बैठकमा सुन तस्करी प्रकरणमा आइतबार पक्राउ परेका बेल्जियमका नागरिक दावा छिरिङसँग आफ्नो कुनै सम्बन्ध नरहेको उनको स्पष्टोक्ति थियो । हिजोबाट दावासँग पुनको तस्विर फाइरल भैरहेको छ ।

पुनले आफ्नो गृहजिल्ला रोल्पा थवाङकी पार्टी कार्यकर्तासमेत रहेकी शहीद परिवारकी अमला रोकाले दावासँग विवाह गरेको र अमलाले आफूसँग चिनजान गराउन एक पटक डेरामा लिएर आएको प्रष्टीकरण पुनले दिएका हुन् । उनको भनाई थियो–‘‘दावा पक्राउ परेपछि आठ वर्ष पहिला भएको भेटघाटको समयमा खिचिएको सामूहिक तस्बिरलाई अहिलेको घटनासँग जोडेर प्रचार भयो, यो मेरो सार्वजनिक छविमाथिको आक्रमण र चरित्र हत्या हो।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित