प्रधानमन्त्री प्रचण्ड र ओलीबीचको छलफल निष्कर्षविहीन, एमालेले आजपनि संसद अवरुद्ध गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीचको छलफल निष्कर्षविहीन भएको छ । सोमबार बालुवाटारमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तामा एमालेले माग गरेजस्तो उच्चस्तरीय छानबिन समिति गठन गर्ने विषयमा प्रधानमन्त्री प्रचण्डले आनाकानी गरेपछि छलफल औचित्यविहीन बनेको एक नेताले जानकारी दिए ।

प्रधानमन्त्रीसँग ओलीको कुरा नमिलेपछि एमालेले आज पनि सदन अवरोध गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा स्पष्ट जवाफ नदिएकाले आज सदन चल्न नदिने एमालेको तयारी रहेको छ ।

आजको छलफलमा ओलीले प्रधानमन्त्रीलाई एक क्विटल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाएर अघि बढौँ, अनि मात्र संसद्को गतिरोध अन्त्य हुन्छ भनेर प्रस्ताव गरेकोमा प्रधानमन्त्री दाहालले ठोस जवाफ नदिई हुन्छ, हेर्छु, हेरौँला जस्तो जवाफ दिएपछि एमाले बिच्किएको हो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित