मोरङमा गोरु काटेको अभियोगमा ३ जना पक्राउ

मोरङ । गोरु काटेको अभियोगमा मोरङबाट ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको लेटाङ नगरपालिका -६ सुकेचौरी बस्ने ६१ वर्षीय रामकुमार तमाङसहित ३ जना रहेका छन् । उनीहरूलाई शनिवार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तमाङको घरमा गोरु काटेको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले उनीहरूलाई गोरुको मासु झोलामा प्याकिङ गर्दै गरेको अवस्थामा पक्राउ गरेको हो । उनीहरूको साथबाट प्रहरीले करिब ३५ केजी गोरुको मासु, खुकुरी २ थान, तराजु १ थानसमेत बरामद गरेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित