केन्द्रीय समिति बैठकको एजेण्डा बनाउन माओवादी पदाधिकारी बैठक बस्दै

काठमाडौं । आउँदो १७ गतेदेखि बस्ने केन्द्रीय कमिटीको बैठकका एजेण्डा तयार पार्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ। बैठक दिउँसो ३ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने महासचिव देव गुरुङले जानकारी दिए।

केन्द्रीय कमिटी बैठकमा माओवादीले राजनीतिक परिस्थिति, सांगठनिक संरचना र नेताहरूको कार्यविभाजनबारे छलफल गर्ने तयारी गरेको छ। त्यसका लागि राजनीतिक प्रतिवेदनको मस्यौदा बनाउने जिम्मेवारी उपाध्यक्षाहरू र सांगठनिक प्रतिवेदन बनाउने जिम्मेवारी उपमहासचिवहरूलाई दिएको छ।

उपाध्यक्ष तथा उपमहासचिवहरूले तयार पारेको मस्यौदामा पदाधिकारी बैठकमा छलफल गरेपछि माओवादीले भोलि या पर्सिमा स्थायी कमिटी बैठक बोलाउने र बैठकबाट पारित भएको प्रतिवेदन केन्द्रीय कमिटी बैठकमा पेश गर्ने महासचिव गुरुङले बताए। माओवादीले केन्द्रीय कमिटीको यही बैठकबाट पार्टीको विशेष महाधिवेशनको मिति तोक्ने जनाएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित