सप्तरीमा हत्या गरिएको अवस्थामा एक युवकको शव फेला, एक गम्भीर घाइते

काठमाडौं । सप्तरीमा तिलाठी कोइलाडी गाउँपालिकामा हत्या गरिएको अवस्थामा एक युवकको शव फेला परेको छ। सँगै एक युवक गम्भीर घाइते अवस्थामा भेटिएका छन्। तिलाठी कोइलाडी–७ मंसापुरस्थित भित्री सडकको एक खाल्डोमा सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका–१० इनर्वाका २१ वर्षीय तिर्कनारायण मण्डलको शव फेला परेको सप्तरी प्रहरीका सूचना अधिकारी डीएसपी नरेशकुमार सिंहले जानकारी दिए।

उनीसँगै हनुमाननगर कंकालिनी नगरपालिका–११ का २५ वर्षीय अजय मण्डल गम्भीर घाइते अवस्थामा भेटिएका छन्। उनीहरूलाई प्रहरीले शुक्रबार बिहान साढे ६ बजेको समयमा फेला पारेको हो। घाइते मण्डलको उपचार राजविराजस्थित छिन्नमस्ता अस्पतालमा भइरहेको सिंहले बताए। घटनाबारे अनुसन्धान थालेको प्रहरी जनाएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित