श्रीमतीको हत्या गर्ने भारतीय नागरिक सार्वजनिक

काठमाडौं । आफ्नै श्रीमतीको हत्या गर्ने भारतीय नागरिकलाई बारा प्रहरीले सार्वजनिक गरेको छ। प्रहरीले आफ्नै श्रीमतीको हत्या गर्ने भारत पूर्वी चम्पारण ढाका थाना रुपैलिया घर भएका ३१ वर्षीय मोहमद अमानुल्लाह मियाँलाई सार्वजनिक गरेको हो।

बुधबार बिहान बाराको सिम्रौनगढ नगरपालिका–६ बजार टोलस्थित ससुराली आएका मियाँले आफ्नी श्रीमती २२ वर्षीया आसमिन खातुनको हत्या गरेका थिए। उनले घरायसी विवाद हुँदा मासु काट्ने हतियारले घाँटी रेटी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक जयकृष्ण कुर्मीले जानकारी दिए।

हत्या भएको खबर पाएपछि इलाका प्रहरी कार्यालय सिम्रौनगगढ बाराबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिगएको प्रहरी टोलीले घटनास्थलबाट भाग्दै गरेका मियाँलाई पक्राउ गरेको थियो। प्रहरीले घटनास्थलबाट हत्यामा प्रयोग गरिएको हतियारसमेत बरामद गरेको कुर्मीले बताए। एक छोरा र दुई छोरी रहेको मियाँले यसअघि पनि पटकपटक श्रीमतीमाथि आक्रमण गर्ने गरेको भनी खुलेको उनले बताए।

पक्राउ परेका मियाँलाई कर्तव्य ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित