पहिरो खस्दा मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको निसीखोला–रुकुमकोट खण्ड अवरुद्ध

बागलुङ । केही दिनदेखि परेको अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत बाग्लुङको निसीखोला–रुकुमकोट खण्ड अवरुद्ध भएको छ। लोकमार्गको निसीखोला गाउँपालिका–४ र ५ को सिमाना धर्मशाला तथा कालापैरा–२ को खाडुखोलामा बाढी आउँदा लोकमार्ग अवरुद्ध भएको हो । निरन्तरको वर्षाका कारण लोकमार्गको विभिन्न ठाउँमा पहिरो जाँदा र रुख ढल्दा सडक अवरुद्ध भएको निसीखोला–४ का वडाध्यक्ष टीकानिधि पौडेलले जानकारी दिए ।

गएरातिदेखि अवरुद्ध भएको लोकमार्ग अहिलेसम्म खुलाउन नसकिएको उनले बताए । सडक अवरुद्ध हुँदा रुकुम पूर्वदेखि काठमाडौं, पोखरालगायत ठाउँका लागि छुटेका गाडी कालापैरामा रोकिएका छन् । यस्तै, बुर्तिबाङदेखि निसी, भल्कोट हुँदै पूर्वी रुकुम र रोल्पा पुग्ने साना ताथा ठूला गाडी कानाबगरमा रोकिएका छन् ।

खाडु र कालापैरामा माथिदेखि भलसहितको ठूलो बाढी आएर लोकमार्ग पूरै ढाकेको पौडेलले बताए। वर्षाका कारण निसीखोलाका सबै ग्रामीण सडक अवरुद्ध छन् । ग्रामीण सडकदेखि झरेको पहिरोले मुख्य सडकको धेरै ठाउँमा क्षति पुर्याएको छ । वर्षा हुनेबित्तिकै लेदो झरेर सडकमा थुप्रिँदा पटक पटक यातायात अवरुद्ध हुने गरेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

ताजा अपडेट

ट्रेन्डिङ

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित