सामाखुसीको नालामा खसेका बालक अझै बेपत्ता

काठमाडौं । यही साउन ७ गते सामाखुसीका साजन मगर रानीबारी खोलाको पर्खालबाट नालामा खसेका थिए। दिनभरको बर्खाले बढेर ठूलो भएको नालामा वेपत्ता भएका मगरलाई प्रहरीले अहिलेसम्म फेला पार्न सकेको छैन।

राजधानीको मध्य सहरमै भएको यो घटनामा वेपत्ता छोरा नभेटिँदा परिवार तथा आफन्त समस्यामा परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका सहायक प्रवक्ता अनिल अधिकारीका अनुसार वेपत्ता बालकको खोजी कार्य भइरहेको छ। तर, भेटाउन सकिएको छैन। उनी नालाभित्र अड्किएको हुनसक्ने सम्भावनामा केही नालाहरू फुटाएर पनि हेरिएको छ। प्रहरीले हिलो माटो पनि पन्छाएर खोजिरहेको छ। बालकको खोजिका लागि विपद् व्यवस्थापन कार्यालयको टोली, सशस्त्र प्रहरीको टोली र नेपाल प्रहरी संलग्न छन्।

काठमाडौं–३ रानीबारी गेट नजिक रानीबारी खोलामा फुटसल खेलेर फर्कने क्रममा उनी खोलाको पर्खालको स्ल्याबमा चिप्लिएर खसेका थिए। प्रहरीका अनुसार साजनकी आमा वैदेशिक रोजगारका शिलशिलामा पोर्चुगलमा छन्। उनी बाबु र दिदीसँगै रानीबारीमा बस्दै आएका थिए।

उनी सामाखुसीकै भानुभक्त मेमोरियल स्कुलमा कक्षा ६ मा पढ्थे। आफ्नो साथीसँगै फुटसल खेल्न निस्किएका साजन खोलाको हिलोमा हेलिएका थिए। नालामाथी स्ल्याबहरू राखिएका थिए तर साजन स्ल्याब नभएको खाली ठाउँबाट चिप्लिएका थिए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित