पत्रकार कुट्ने रास्वपाका जिल्ला संयोजक खड्का निलम्बित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का बझाङ संयोजक नगेन्द्र खड्का पार्टीबाट निलम्बित भएका छन्। बझाङमा होटल व्यवसाय सञ्चालन गरिरहेका खड्काले पत्रकारलाई अपहरण गरी बन्दी बनाई कुटपिट गरेको आरोपमा उनलाई पार्टीले निलम्बन गरेको महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले जानकारी दिए।

सो विषयमा पार्टीको अनुशासन समितिले थप अनुसन्धान गरिरहेको बताइएको छ। अनुसन्धान पछि आवश्यक कारबाही गरिने प्रवक्ता ढकालले बताए। ‘पत्रकारमाथी हातपात गरेको भनि आएका बझाङका सम्बन्धित पार्टी सदस्यलाई सदस्यताबाट निलम्बन गरिएको छ,’ प्रवक्ता ढकालले भने, ‘अनुशासन समितिले थप अनुसन्धान गर्दैछ। अनुसन्धान अनुसारपछि थप कारबाही गरिनेछ।’

सामुदायिक खप्तड आवाज र नेपाल एगल अनलाइनमा कार्यरत सुनिल मण्डेललाई घरबाटै सोमबार खड्काले अपहरण गरेका थिए। खड्का होटल होलि डे इनका सञ्चालक समेत हुन्। खड्काको निर्देशनमा मण्डेललाई अपहरण गरी आक्रमण गरेको भन्दै नेपाल पत्रकार महासंघ बझाङ शाखाले कारवाहीको मागसहित विज्ञप्ति जारी गरेको थियो।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित