कानुनी दायराबाट दोषी नछुट्ने गरी काम गर्दै छौँ : गृहमन्त्री श्रेष्ठ

काठमाडौंं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कानुनी दायराबाट कुनै दोषी नछुट्ने गरी काम गरी रहेको बताएको छन् । गोरखामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले निर्दोष नपरून् दोषी नछुट्ने गरी काम गरेको उल्लेख गरे ।

सरकारको राष्ट्रिय कार्यभार सुशासन, समृद्धि र सामाजिक न्याय भएको श्रेष्ठले उल्लेख गरे । ‘अहिले राष्ट्रिय कार्यभार, सुशासन, समृद्धि र सामाजिक न्यायलाई एक सूत्रीय कार्यक्रम बनाएर सरकार अघि बढेको छ । सुशासनलाई पूर्व सर्त बनाएर प्रधानमन्त्री अघि बढ्नु भएको छ’ श्रेष्ठले भने, ‘पार्टी वा व्यक्तिहरू कुन हैसियतका छन् भन्नेमा निरपेक्षतामा रहेर कुनै पूर्वाग्रह नराखेर कुनै दोषीलाई नछोड्ने गरी काम गर्ने छौँ ।’

देशमा सुशासन कायम गर्दै जनताको जीवन फेर्ने गरी काम जारी राखेको श्रेष्ठले बताए । ‘शिक्षा, स्वास्थ्य रोजगारी, खाद्यान्न, रोजगारी आवास, बिजुली खानेपानी पुर्‍याएर समृद्धिको प्रक्रियालाई अघि बढाउन लागेका छौँ । यसले नेपाली जनतामा आशा र विश्वास पैदा गरेको छ’ श्रेष्ठले भने, ‘राज्यका अङ्ग र राज्यका निकायहरू सबैलाई कानुन र संवैधानिक दायरामा रहेर स्वतन्त्र र निष्पक्ष अनुसन्धान गर्ने तथ्य र प्रमाणले जसलाई दोषी देखाउँछ कारबाही गर्ने छौँ ।’ देशको विकास र समृद्धिको पक्षमा समीक्षा गर्दै अघि बढिरहेको श्रेष्ठको भनाई छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित