दिनेश शर्मा, बागलुङ । बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सइ) उज्वल पौडेल मृत फेला परेका छन् ।
बडिगाड गाउँपालिका ६ स्थित आशा होटलको तल्लो तलामा पासो लगाएको अवस्थामा पौडेल मृत फेला परेको बागलुङकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले न्यूज खरीलाई जानकारी दिइन् ।
‘प्रहरी चौकी खारको टोलीलाई लिएर पौडेल गोष्तीमा निस्केको र राति १० बजे उनीहरुलाई कार्यालय पठाई आफू भीमगिठे जाँदै गर्दा होटलमा खाजा खान पसेको प्रारम्भीक अनुसन्धानले देखाएको छ,’ सिडिओ श्रेष्ठले भनिन्, ‘होटेलको तल्लो तलामा पर्दाको पासो लगाएर झुण्डिएको अवस्थामा देखेपछि साहुनीको छोराले पासो काटेको भन्ने खबर आएको छ ।’ उनका अनुसार प्रहरीले होटल सञ्चालक आमा र छोरालाई नियन्त्रणमा लिएको छ ।
घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी योगेशकुमार खड्काको टोली घटनास्थल प्रस्थान गरेको र वर्षाका कारण सडक अवरुद्ध हुँदा केही समस्या भएको प्रमुख जिल्ला अधिकारी श्रेष्ठको भनाइ रहेको छ ।