पशुपति बचत तथा ऋण सहकारी संस्था समस्याग्रस्त घोषणा

काठमाडौं । ललितपुरस्थित कुमारीपाटीमा मुख्य कार्यालय रहेको पशुपति बचत तथा ऋण सहकारी संस्था समस्याग्रस्त घोषणा भएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले आइतबार सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो ।

आइतबार नै मन्त्रालयले समस्याग्रस्त घोषणाको जानकारी गराउँदै सहकारीको व्यवस्थापन समितिलाई पत्राचार गरिसकेको छ । सेयर सदस्य बचतकर्ताको बचत फिर्ता गर्न नसकेपछि गत फागुन २९ गते नै सहकारी विभागले संस्थालाई समस्याग्रस्त घोषणा गर्न मन्त्रालयलाई सिफारिस गरेको थियो । पटक पटकको निर्देशनपछि पनि संस्थाले बचतकर्ताको बचत रकम फिर्ता नगरेपछि विभागले अध्यक्ष सीबी लामासहित संस्थाका सञ्चालकहरुलाई पक्राउ गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई समेत जेठ १९ गते पत्राचार गरेको छ ।

तर, लामो समयको प्रयासपछि पनि संस्थाले बचतकर्ताको बचत फिर्ता गर्न नसकेपछि संस्थाको विरुद्धको उजुरीको चाङ लागेपछि मन्त्रालयले मन्त्रीस्तरिय निर्णय गर्दै सहकारीलाई समस्याग्रस्त घोषणा गरेको हो । सहकारी विरुद्ध ५३ करोड रुपैयाँभन्दा बढी ठगीको आरोपसहित माग दाबी विभागमा परेको छ । तथापि, सबैगरी संस्थाले करिब १ अर्ब रुपैयाँ बचत फिर्ता गर्न बाँकी देखिएको विभागले जनाएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित