सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरिएकोले सुन समातियो : अर्थमन्त्री महत

रूपन्देही । अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष ०८०/०८१ को बजेटमा अवैध गतिविधिबारे सूचना दिने व्यक्तिलाई पुरस्कारको व्यवस्था गरिएकै कारण विमानस्थलबाट १०० किलो सुन समातिएको बताएका छन्। नेपाल प्रेस युनियनले रूपन्देहीमा सोमबार गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्री महतले अवैध गतिविधिबारे सूचना दिने व्यक्तिलाई पुरस्कार दिने व्यवस्था यसअघि बीचमा हटाइएको तर आफूले बजेटमार्फत त्यसलाई पुनः निरन्तरता दिएको बताए।

‘भन्सारमा कतिपय कुराहरुलाई अनियमित कुरा निस्तेज गर्न पुरस्कारको व्यवस्था गरेको छु, सूचना दिनेलाई यो व्यवस्था बीचमा हटेको थियो, मलाई लाग्छ त्यसले पनि यो सूचना प्राप्त गरी पक्राउ गर्न मद्दत पुग्यो,’ उनले भने। उनले सुन प्रकरणमा जरैसम्म पुग्नेगरी अनुसन्धान जारी रहेको बताए। भन्सारमा अवैध गतिविधि हुन नदिन आधुनिक मेसिन जडानदेखि त्यहाँ रहेका मेसिन अपडेट र कर्मचारीहरूलाई चुस्त बनाइने काम भइरहेको उनले बताए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित