आमालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ

ढल्केबर । कान्छी आमालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका –४, पथलैयास्थित अशोक जैसवालको घरभाडामा बस्ने भारतीय ३९ वर्षीया मीरा भगतको हत्या गरेको आरोपमा २० वर्षीय प्रेम भगतलाई शनिबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वेदबहादुर गौतमले आइतबार घरभित्रै टाउकोमा चोटपटक लागेको तथा शरीरका विभिन्न भाग जलेको अवस्थामा मिराको शव भेटिएको बताए । घटनासम्बन्धी अनुसन्धान गर्दै जाँदा प्रेमले नै कान्छी आमा मीराको कुटपिट गरी हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ ।

प्रेमले पहिला काठको चिर्पटले टाउकोमा हिर्काएर घाइते बनाएको र त्यसपछि कपडा तथा सुतलीको बोराले छोपेर जलाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रवक्ता गौतमले बताए ।

उनीहरुको घर भारतको बिहार राज्य बेतिया जिल्ला नरकटियागङ्ज थानास्थित केवरियामा रहेको जनाइएको छ । हत्या आरोपी प्रेमका पिता राजु भगतले गाउँकै विवाहित मीरासँग पाँच वर्षअघि दोस्रो विवाह गरेका थिए ।

घरमा खटपट शुरु भएपछि जेठी श्रीमती र जेठीपट्टिका छोराछोरीलाई घरमै छोडेर तीन वर्षअघि राजु नवविवाहिता श्रीमतीलाई लिएर नेपाल छिरेका थिए । नेपालमा उनीहरु गणेशमान चारनाथ नगरपालिकाको मुर्गियामा भाडाको घरमा बसेका थिए । चार महिनाअघि मात्र अशोक जैसवालको घरमा उनीहरु डेरा सरेका थिए । जेठीपट्टिका कान्छो छोरा तथा हत्या आरोपी प्रेम डेढ महिनाअघि मात्रै नेपाल आएर पिता र कान्छी आमासँग बस्न थालेको प्रहरीको भनाइ छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित