एलओडी क्लबका दुवै सञ्चालक पक्राउ

काठमाडौं । नाबालिकालाई क्लबमा प्रवेश दिएको आरोपमा ठमेलको एलओडी क्लबका सञ्चालकहरुलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार रुदिल बल्लाभ श्रेष्ठ पक्राउ परेका हुन् भने बिहीबार अर्का सञ्चालक राजुसिंह सुवाल पक्राउ परिसकेका छन् । उनीहरुलाई बालबालिका सम्बन्धि ऐन २०७५ उल्लंघन गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

क्लब(लर्ड अफ ड्रिंक्स) मा पुुगेकी नाबालिका बलात्कार गरेको आरोपमा पोखरा घर भएका सुदनबहादुर कोइराला पक्राउ परिसकेका छन् । गत जेठ ३० गते कोइरालाले आफ्नो गाडीमा लगेर बलात्कार गरेको आरोप लागेको छ ।
नाबालिकाको परिवारले गत जेठ ३१ गते प्रहरीकहाँ किटानी जाहेरी दिएका थिए ।

जाहेरीको आधारमा कोइरालालाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ । अनुसन्धानका लागि प्रहरीले एलओडीका संचालकहरुलाई समेत पक्राउपुर्जी जारी गरी खोजिरहेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित