प्रधानमन्त्रीको राजीनामा माग्दै एमालेले गर्‍यो संसद् अवरोध

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेको छ । प्रतिनिधि सभाको बुधबारको बैठकमा आकस्मिक समय लिएर बोलेका एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर उनको राजीनामा माग गरे ।

प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिमा आपत्ति जनउँदै उनले भने, ‘नैतिकताका आधारमा प्रधानमन्त्री पदमा बस्नु उपयुक्त हुन्न, राजीनामा गर्नुस् ।’ प्रधानमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्न नदिनेसमेत पन्तले बताए । प्रतिपक्षी दल एमाले र राप्रपाको विरोधपछि सभामुख देवराज घिमिरेले बैठक आधा घन्टाका लागि स्थगित गरेका छन्।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित