टिप्परको ठक्करबाट आमाको मृत्यु, छोरी गम्भीर घाइते

सुनसरी । सुनसरीको इटहरी चोकमा टिप्परले ठक्कर दिँदा आमाको मृत्यु भएको छ भने छोरी गम्भीर घाइते भएकी छन् । कान्छाराम कन्स्ट्रक्सनको ना१क ९१०७ नम्बरको टिप्परले को१४प ५२६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा इटहरी उपमहानगरपालिका–८ की ३९ वर्षीया सरिता चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

गम्भीर घाइते छोरी अनुसा चौधरीको विराटनगरको अस्पतालमा उपचार भइरहेको छ । घटनापछि तनावग्रस्त बनेको इटहरी अहिले शान्त भएको छ । स्थानीयले नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन् ।आक्रोशित स्थानीयले टिप्परमा ढुंगामुढा समेत गरेका छन् । आक्रोशित समूहलाई नियन्त्रणमा लिनका लागि प्रहरीले ३ राउन्ड अश्रुग्यास प्रहार गरेको थियो । आक्रोशितले प्रहार गरेको ढुंगा लागेर ६ जना नेपाल प्रहरी र ३ जना सशस्त्र प्रहरी घाइते भएका सुनसरी प्रहरीले जनाएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित