कञ्चनपुर । १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा कञ्चनपुरबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोधारा चाँदनी नगरपालिका -९ बस्ने २१ वर्षीय पवनप्रसाद उपाध्याय र २६ वर्षीय अमरबहादुर खत्री रहेका छन् । उनीहरूलाई सोमवार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूले ती किशोरीलाई सोही नगरपालिकाको वडा नम्बर ५ स्थित हेल्थ पोष्ट प्रकृति शुद्ध डेरीको कोठाभित्र आइतवार राति करणी गरेको भन्ने उजुरी परेको थियो । सोही उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दोधाराबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।